राष्ट्रपति संविधान अवरोध गर्ने बाटोमा : वरिष्ठ अधिवक्ता कार्की 

राष्ट्रपति संविधान अवरोध गर्ने बाटोमा : वरिष्ठ अधिवक्ता कार्की 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटन सम्बन्धी रिटमाथिको बहसमा कार्कीले निर्बाध रूपमा रहनुपर्ने राष्ट्रपति जस्तो सम्मानित पद संविधान अवरोध गर्ने बाटोमा लागेको बताए। 

उनले प्रधानमन्त्रीमा नैतिकता नभएको भन्दै प्रधानमन्त्रीको काम कारबाही समाधान गर्ने भन्दा पनि अवरोध खडा गर्ने भएको दाबी गरे। ‘प्रधानमन्त्री पद खेलाँचीको पद होइन,’बहस गर्दै उनले भने,‘राजनीतिक नैतिकता नहुने, विश्वासको मत नपाएपछि पनि अर्को सरकार बन्न अवरोध गर्ने के गर्या हो यो?’ 

उनले नैतिकताको आधारमा राजीनामा पनि दिनु नपर्ने? भनेर प्रश्न गरेका छन्। ‘हाउसको कन्फिडेन्स नपाइ एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन। बस्न दिनु हुँदैन,’उनले भने,‘सक्दिन भनेका प्रधानमन्त्रीलाई राष्ट्रपतिले युआर नो मोर प्राइम मिनिस्टर भन्नुपर्थ्यो।’

असार ९, २०७८ बुधबार १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।