१९ दिने मन्त्री तामाङको पहल : गाँजाको औषधीय उपयोग र अनुसन्धान

१९ दिने मन्त्री तामाङको पहल : गाँजाको औषधीय उपयोग र अनुसन्धान

तामाङले खोप ल्याउने सम्बन्धी सबै प्रक्रिया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको दाबी सार्वजनिक गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा तामाङले पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नागरिकको जीवनमाथि नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी आफ्नो हुने उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘राजनीतिको खेलमा नेपाली नागरिकको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई छैन।’

उनले १९ दिनमा सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया सुरुवात भएको दाबी गरेका छन्।

सम्पूर्ण सरकारी अस्पतालहरूलाई सुविधा सम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रक्रिया पनि आरम्भ भएको बताएका छन्। 

१९ दिने मन्त्री तामाङले गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल सुरु भएको पनि उल्लेख गरेका छन्। 

असार ९, २०७८ बुधबार १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।