१६ डिआइजीको सरुवा (सूचीसहित)

१६ डिआइजीको सरुवा (सूचीसहित)

सोमबारको मन्त्रीस्तरीय निर्णय अनुसार डिआइजीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत एवं प्रशासन विभागले जनाएको छ। 

विभागले जारी गरेको सरुवा सूची अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालयमा कार्यरत डिआइजी अरूणकुमार बिसी प्रदेश १ प्रहरी कार्यालयमा सरुवा भएका छन्। 

यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत डिआइजी उमेश रञ्जितकारलाई प्रदेश २ प्रहरी कार्यालयमा र प्रहरी प्रधान कार्यालय, विशेष व्युरोमा कार्यरत डिआइजी प्रकाश जंग कार्कीलाई बाग्मती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। 

यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालय, कार्य एवं अपराध अनुसन्धान विभाग कार्य निर्देशनालयमा कार्यरत डिआइजी दिवेश लोहनी गण्डकी प्रदेश प्रहरी कार्यालयमा र प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत मुकुन्दराज आचार्य लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन्। 

नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालयमा कार्यरत डिआइजी गणेशबहादुर ऐरलाई कर्णाली प्रदेश प्रहरी कार्यलयमा र प्रहरी प्रधान कार्यालयकै मानवस्रोत एवं प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत पुरुषोत्तम कँडेललाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। 

कसकाे सरुवा कहाँ ?

असार ७, २०७८ सोमबार २०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।