बाढीग्रस्त सिन्धुपाल्चोकका तीन पालिकालाई महानगरपालिकाद्वारा तीन करोड रूपैयाँ हस्तान्तरण

बाढीग्रस्त सिन्धुपाल्चोकका तीन पालिकालाई महानगरपालिकाद्वारा तीन करोड रूपैयाँ हस्तान्तरण

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोलीले आज मेलम्ची पुगेर पालिकाहरूलाई रकम हस्तान्तरण गरेको हो। 

महानगरपालिकाले आफूसँग भगिनी सम्बन्ध भएको मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०–५० लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो। सोही घोषणा अनुसार आज उक्त रकम हस्तान्तरण गरिएको महानगरपालिकाले जनाएको छ। 

असार ७, २०७८ सोमबार १८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।