सर्वोच्चमा थप तीन प्रकारका मुद्दाको दर्ता र सुनुवाइ हुने

सर्वोच्चमा थप तीन प्रकारका मुद्दाको दर्ता र सुनुवाइ हुने

आज बसेको सर्वोच्चको पूर्ण बैठकले पछिल्लो स्थितिको समीक्षा गर्दै असार १४ गतेसम्मका लागि यस्तो निर्णय गरेको हो।  

स्वास्थ्य सुरक्षासम्बन्धी निर्धारित मापदण्डको पूर्णपालना हुने गरी काम कारबाही थप गरिएको सर्वोच्चले सूचना निकालेर जानकारी दिएको हो। 

सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा मिलापत्र र मुद्दा फिर्तासम्बन्धी काम कारबाही, व्यक्तिको तर्फबाट पर्न आएका दोहोर्याई पाउँ भन्ने निवेदकहरूको सुनुवाइ र विपक्षी झिकाउने आदेश नभएका साधकको सुनुवाइ गर्ने निर्णय गरेको हो। 

पूर्ण बैठकले हदम्याद, म्याद र तारेखको हदम्याद भने यस अवधिमा नगुज्रने र शून्य अवधि मान्ने निर्णय गरेको छ।

असार ७, २०७८ सोमबार १८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।