थप २२९७ जनामा कोरोना संक्रमण, ३१३० निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ५ सय ८४ र एन्टिजेन विधिबाट ७ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको हो।
उक्त अवधिमा आरटी पिसिआर विधिबाट ६ हजार ५ सय ८३ र एन्टिजेन विधिबाट ४ हजार ३ सय २१ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
देशभर हालसम्म आरटी पिसिआर विधिबाट कोरोना संक्रमण हुनेको संख्या ६ लाख २२ हजार ६ सय ४० पुगेको छ। एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएकाको संख्या २७ हजार ३ सय ८ छ।
पछिल्लो २४ घण्टामा ३ हजार १ सय ३० जना कोरोना संक्रमित निको भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९ सय २८ पुगेको छ। देशभर कोरोना संक्रमण निको हुने दर ८९.९ प्रतिशत छ।
यस्तै, देशभर कोरोना संक्रमणका कारण थप ४६ जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ।
असार ७, २०७८ सोमबार १८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।