अभद्र व्यवहारमा ज्वालालाई तीन दिन थुन्न अनुमति

अभद्र व्यवहारमा ज्वालालाई तीन दिन थुन्न अनुमति

आइतबार पक्राउ परेकी सङ्ग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइबालाई महानगरीय प्रहरी परिसर काठमाडौँले सोमबार म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पेस गरेको थियो।

उनीहरूलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति आएको काठमाडौँ परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।

आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वालासहित तीन जना विरुद्ध खुश्वु घिमिरेले अभद्र व्यवहारको जाहेरी दिएकी थिइन्। उनले आफूमाथि प्रहरी कार्यालयमै कुटपिट भएको दाबी गरेकी छिन्। ज्वालाविरुद्ध प्रहरीलाई रङ्गभेदी टिप्पणी गरेको आरोप समेत छ।

असार ७, २०७८ सोमबार १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।