ज्येष्ठ नागरिकका लागि कोरोना खोपको दोस्रो मात्राकाे माग गर्दै सर्वोच्चमा रिट
खोपको पहिलो डोजको प्रभावकारिता सकिँदासम्म पनि सरकारले खोपको व्यवस्था नगरेको भन्दै चिरञ्जिवी गिरीले सर्वाेच्चमा रिट दर्ता गराएका हुन्।
रिटको पेसी भोलिलाई तोकिएको सर्वोच्चले जनाएको छ।
रिटमा यथाशीघ्र खोपको व्यवस्था मिलाउन अन्तरिम आदेश माग गरिएको रिटको तर्फबाट बहस गर्न लागेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए।
खोपको प्रभावकारिताका लागि जेठ दोस्रो हप्ताभित्र खोपको व्यवस्था हुनुपर्नेमा हालसम्म खोपको व्यवस्था हुन नसकेको रिटमा उल्लेख गरिएको छ।
राज्यले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने ‘ज्येष्ठ नागरिक ऐन’को व्यवस्था विपरीत रहेको विषय रिट निवेदनमा उठाइएको छ।
रिटमाथि अधिवक्ता पौडेलका साथै अधिवक्ताहरू अमिता गौतम पौडेल, विकास भट्टराई, सुरेन्द्रविक्रम केसी र ज्ञानेन्द्रराज आरनले बहस गर्ने भएका छन्।
असार ७, २०७८ सोमबार १६:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।