१,२ र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने सम्भावना

१,२ र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने सम्भावना

काठमाडौं : देशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सोमबार प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित भारी वर्षा हुने अनुमान गरिएको छ। बुधबारसम्म देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रहने विभागले अनुमान गरेको छ। 

प्रदेश १ का एक/दुइ स्थानमा धेरै वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। 

असार ७, २०७८ सोमबार ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।