सेयर चलखेलसम्बन्धी मुद्दामा सर्वाेच्चद्वारा धितोपत्र बोर्डविरुद्ध कारण देखाऊ आदेश जारी
काठमाडौं : सर्वाेच्च अदालतले सेयर मूल्यमा चलखेलसम्बन्धी मुद्दामा नेपाल धितोपत्र बोर्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले धितोपत्र बोर्डका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश नहुने फैसला गरेको हो।
‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्नू’ आदेशमा भनिएको छ।
केही दिनअघि नेपाल धितोपत्र बोर्डले ५१ वटा सूचीकृत कम्पनीहरूको सेयर मूल्यमा चलखेल भएको जनाएको थियो।
बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको समेत जनाएको थियो। कम्पनीको नाम नै तोकेर बोर्डले चलखेल भएको कम्पनीको सूची सार्वजनिक गरेपछि धेरै लगानीकर्ता यसविरुद्ध उत्रिएका छन्।
अधिवक्ताद्वय रविन बोहजु र सुरेन्द्र कोंजुले धितोपत्र बोर्डविरुद्ध रिट दायर गरेका थिए।
असार ६, २०७८ आइतबार २२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।