सरकारलाई सर्वोच्चको आदेश– अग्रपंतिमा खटिने पत्रकारलाई कोरोना खोपको लगाउने व्यवस्था गर्नू

सरकारलाई सर्वोच्चको आदेश– अग्रपंतिमा खटिने पत्रकारलाई कोरोना खोपको लगाउने व्यवस्था गर्नू

काठमाडौं : सर्वोच्च अदालतले पत्रकारहरूलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ।

अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले यस्तो आदेश दिएको हो।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अग्रपंतिमा रहेर काम गर्ने पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न माग माग गरिएको थियो। 

आदेशमा पहिलो खोप लगाएकालाई दोस्रो खोपको व्यवस्था गर्न र नलगाएकालाई पहिलो र दोस्रो खोपको व्यवस्था मिलाउन भनिएको छ।

असार ६, २०७८ आइतबार १९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।