अभद्र व्यवहारमा ज्वाला सङ्ग्रौला सहित तीन जना पक्राउ

अभद्र व्यवहारमा ज्वाला सङ्ग्रौला सहित तीन जना पक्राउ

काठमाडौँ : अभद्र व्यवहारमा ज्वाला सङ्ग्रौला (टीका सङ्ग्रौला) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

खुस्बु घिमिरेलाई अभद्र व्यवहार गरेको आरोपमा सङ्ग्रौला सहित
उनको समूहको हिमाल उपाध्याय र शर्मिला वाइबालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।

सङ्ग्रौलाले आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्दै आएकी छिन्।उनी केही समय अगाडि  प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रङ्गभेदी अभिव्यक्ति दिएको भन्दै विवादमा आएकी थिइन्।उनीहरुविरुद्ध मधेसी आयोगमा गत बुधवार उजुरी परेको थियो।
तर यो पटक उनी घिमिरेमाथि अभद्र व्यवहारमा पक्राउ परेकी हुन्। महानगरीय प्रहरी वृत्त गौशालामा ज्वाला समूहले अभद्र व्यवहार गरेको आरोप छ।

घिमिरे समूहका जना पक्राउ

सङ्ग्रौला पक्राउपछि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घिमिरे समूहका पनि २ जनालाई पक्राउ गरेको छ। उनीहरूले सङ्ग्रौलालाई दुर्व्यवहार गरेकाले पक्राउ गरिएको एसपी बस्नेतले बताए।

असार ६, २०७८ आइतबार १९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।