काठमाडौँको निषेधाज्ञा खुकुलो भयो, ट्याक्सीलाई खुल्ला, पसल दिन बिराएर
काठमाडौँ : काठमाडौँ, ललितपुर र भक्तपुरको स्थानीय प्रशासनले काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप गरेको छ। आइतबार बसेको बैठकले पसल खोल्न र निजी सवारी साधन चलाउन पाइने निर्णय गरेको हो।
कोभिड–१९ को सङ्क्रमणको जोखिम कायम रहेको भन्दै निषेधाज्ञा एक साता थपिएको हो। बैठकले १४ असारसम्म निषेधाज्ञा थप्दै निजी सवारी साधना जोर–बिजोर नम्बरका आधारमा चलाउन पाइने निर्णय गरेको छ।
असार ८ देखि सबै पसल खोल्न पाइने छ। तर त्यसका लागि बैठकले बार तोकेको छ।
असार ६, २०७८ आइतबार १८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।