सुदूरपश्चिम सरकार पुनर्गठन‍ : सर्वोच्चले दिएन अन्तरिम आदेश

सुदूरपश्चिम सरकार पुनर्गठन‍ : सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले सुदूरपश्चिम सरकार पुनर्गठनको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

अधिवक्ता कमलसिंह रानाले सुदूरपश्चिम प्रदेश सरकारमा संवैधानिक व्यवस्थाविपरीत बढी संख्यामा मन्त्री बनाएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमा संविधानको धारा १६८ (९) मा उल्लेख प्रदेश सांसदको २० प्रतिशत मात्रै मन्त्री बनाउन पाउने व्यवस्थाबमोजिम ५२ प्रदेश सांसद रहेको सुदूरपश्चिममा १० जना मात्रै मन्त्री बन्न पाउने जिकिर गरिएको छ। 

मुख्यमन्त्री त्रिलोचन भट्टले गत जेठ १४ मा मन्त्रिपरिषद् हेरफेरसँगै पुनर्गठन गरेका थिए। पुनर्गठनका क्रममा ११ सदस्यीय मन्त्रीमण्डल विस्तार गरिएको थियो।

असार ६, २०७८ आइतबार १८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।