एमाले वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सुधार हुँदै

एमाले वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सुधार हुँदै
फाइल तस्बिर।

काठमाडौं : भारतको दिल्लीस्थित अपोलो हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।

उनका स्वकीय सचिव कृष्ण भट्टराई सामाजिक सञ्जाल फेसबुकमार्फत खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको जनाएका छन्। 

‘अपोलो हस्पिटल, दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूसँग मेरो भिडियोमा कुराकानी भयो। उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ। ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ। अक्सिजन सपोर्ट पनि हटाइएको छ,’ फेसबुक स्टाटसमा लेखिएको छ। 

स्वकीय सचिव भट्टराईले नेता खनालको स्वास्थ्य सुधार हुन केही समय लाग्ने जनाएका छन्। 

उच्च ज्वरो आएपछि गत सोमबार नर्भिक अस्पताल भर्ना भएका खनाल गत बुधबार थप उपचारका लागि भारतको दिल्ली गएका थिए। 

असार ६, २०७८ आइतबार १७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।