४२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित

४२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं : देशका ४२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, चितवन, धनुषा, सुन्सरी र काभ्रेमा संक्रमणको दर बढी छ। तर, ती जिल्लामा पनि संक्रमित कम हुँदै गएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो दुई हप्तायता प्रदेश १ को उदयपुर, पाँचथर, तेह्रथुम, भोजपुर र संखुवासभा, बाग्मती प्रदेशको दोलखा, नुवाकोट र रसुवा र गण्डकी प्रदेशको बाग्लुङ र मुस्ताङमा संक्रमण बढेको छ।

यसैगरी, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको जुम्ला, डोल्पा, मुगु र रुकुम पश्चिम र सुदूरपश्चिमको बाजुरामा पनि संक्रमण बढेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा ५१ जनाको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म ८ हजार ७ सय २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १० हजार ९ सय ५६ जनाको नमुना परीक्षण गरिएकोमध्ये २ हजार ४ सय ४२ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ। तीमध्ये काठमाडौं उपत्यकाका ५ सय ४८ संक्रमित छन्।  

मुलुकभरमा २१.३ प्रतिशतमा संक्रमण भएको छ। 

असार ६, २०७८ आइतबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।