सुनको मूल्य घट्यो, तोलाको ९० हजार
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका आज (आइतबार) सुनको मूल्य ८ सय रूपैयाँ घटेर तोलाको ९० हजार रूपैयाँ पुगेको छ। हिजो यसको मूल्य प्रतितोला ९० हजार ८ सय रूपैयाँ थियो।
यस्तै, तेजाबी सुन तोलाको साढे सात सय रूपैयाँ घटेर ८९ हजार ५ सय ५० रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य प्रतितोला ९० हजार ३ सय रूपैयाँ कायम थियो।
यसैगरी, चाँदी तोलाको १५ रूपैयाँ घटेर १ हजार २ सय ९० रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
असार ६, २०७८ आइतबार ११:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।