खुकुलो हुँदै काठमाडौँको निषेधाज्ञा
काठमाडौँ उपत्यकामा जारी निशेधाज्ञाबारे निर्णय गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ। पछिल्लो पटक जारी निषेधाज्ञा ७ गते राति १२ बजे सकिने भएपछि बैठक बस्न लागेको हो।
बैठकले निषेधाज्ञालाई जारी राख्ने तर केही खुकुलो बनाउने तयारी गरेको जानकार स्रोतले बतायो। समय तोकेर सबै क्षेत्र खोल्न दिनेबारे छलफल चले पनि निष्कर्ष भने निस्किएको छैन।
सवारी साधन जोर-बिजोर प्रणालीमा चलाउन दिने या अझै एक साता रोक्ने भन्ने पनि निष्कर्ष आएको छैन। 'आज यी दुवै विषय टुङ्गो लाग्छ,' छलफलबारे जानकार स्रोतले भन्यो' निषेधाज्ञा जारी रहन्छ।तर केही खुकुलो हुन्छ।'
कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भए देखिनै काठमाडौँ उपत्यकाको हकमा काठमाडौँ,ललितपुर र भक्तपुरको प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको मोडिलाटी तय गरेर सिफारिस गर्ने गरेका छन्।
पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या घटे पनि तेस्रो लहरको जोखिम उस्तै छ। सङ्ख्या घटे पनि गम्भीर सङ्क्रमित घटेका छैनन्। अधिकांश अस्पतालका भेन्टिलेटर र आइसियु भरिएका छन्।
असार ६, २०७८ आइतबार ०९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।