देशका केही स्थानमा वर्षा हुँदै, चार प्रदेशमा दिउँसो भारी वर्षाको सम्भावना

देशका केही स्थानमा वर्षा हुँदै, चार प्रदेशमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं : देशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। बाँकी क्षेत्रका केही भूभागमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

यस्तै, देशका चार प्रदेशमा भारी वर्षाकाे सम्भावना छ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानमा दिउँसो भारी वर्षाको सम्भावना छ। 

देशभर मनसुनी वायुको प्रभाव रहेको र देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको मौसमविद्ले जनाएका छन्। 
 

असार ६, २०७८ आइतबार ०९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।