कोरोना संक्रमणका कारण पूर्वराज्यमन्त्री विष्टको निधन
सुर्खेत : कोरोना संक्रमणका कारण पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ।
संक्रमणपछि काठमाडौंको मेडीसिटी अस्पतालमा उपचाररत उनको आज बिहान ५ बजे निधन भएको विष्टका भाइ दल विष्टले जानकारी दिए।
पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट नेपाली कांग्रेस, सुर्खेतका पूर्वसभापति र जिल्ला विकास समितिका पूर्वउपसभापतिसमेत हुन्।
विष्टको निधनले सुर्खेतले निडर, साहसी र जनताको पक्षमा आवाज उठाउने नेता गुमाएको नेपाली कांग्रेस, सुर्खेतका जिल्ला सचिव टोपबहादुर रावतले बताए।
विष्टले २०३६ सालदेखि विद्यार्थीकालदेखि राजनीति सुरु गरेका थिए।
असार ६, २०७८ आइतबार ०९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।