कोरोना संक्रमित ८७४ जना आइसियुमा र २५८ जना भेन्टिलेटरमा उपचार गराउँदै

कोरोना संक्रमित ८७४ जना आइसियुमा र २५८ जना भेन्टिलेटरमा उपचार गराउँदै

काठमाडौं : देशभरका कोरोना भाइरस संक्रमितमध्ये ८ सय ७४ जना आइसियुमा र २ सय ५८ जना भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर शनिबारसम्म कोरोनाको सक्रिय संक्रमितको संख्या ५७ हजार ६ सय १८ छ। तीमध्ये ५३ हजार ७ सय ३३ होम आइसोलेसनमा र ३ हजार ८ सय ८५ संस्थागत आइसोलेसनमा छन्। 

काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ११ हजार ७२ छन्। तीमध्ये काठमाडौंमा ६ हजार ३८, भक्तपुरमा २ हजार १ सय ७८ र ललितपुरमा २ हजार ८ सय ५६ जना छन्। 

देशभर पछिल्लो २४ घण्टामा कोरोनाको सक्रिय संक्रमण दर ९.३० प्रतिशत छ। उक्त अवधिमा कोरोना संक्रमितको मृत्यु दर १.४० प्रतिशत छ। 

असार ५, २०७८ शनिबार १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।