देशभर थप ३६६० जना कोरोना संक्रमणमुक्त, निको हुने दर ८९.३ प्रतिशत
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६ सय ६० जना कोराेना भाइरस संक्रमणमुक्त भएका छन्।
योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको निको हुने दर ८९.३ प्रतिशत छ।
यस्तै, देशभर थप २ हजार ४ सय १ जना संक्रमित भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ६ सय ८८ र एन्टिजेन विधिबाट ७ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको हो।
उक्त अवधिमा आरटी पिसिआर विधिबाट ७ हजार १० र एन्टिजेन विधिबाट ४ हजार ६ सय ८६ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
देशभर हालसम्म आरटी पिसिआर विधिबाट कोरोना संक्रमण हुनेको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ। एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएकाको संख्या २५ हजार ५ सय ७४ छ।
यसैगरी, देशभर थप ३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ।
असार ५, २०७८ शनिबार १७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।