स्याङ्जामा खोलाले बगाएर पुरुषको मृत्यु

स्याङ्जामा खोलाले बगाएर पुरुषको मृत्यु

काठमाडौं : स्याङ्जामा खोलाले बगाएर आज एक पुरुषको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका वडा नम्बर १, पुतलीसेटमा आँधीखोलाले बगाएर सोही नगरपालिकाको वडा नम्बर ४ का अन्दाजी ४५ वर्षीय मनबहादुर थापाको मृत्यु भएको हो। 

उनको शव भेटिएको र परीक्षणका लागि लैजानै तयारी गरिएकाे प्रहरीले जनाएको छ। 

खोला तर्ने क्रममा उनलाई आज दिउँसो साढे २ बजे खोलाले बगाएको थियो।
 

असार ५, २०७८ शनिबार १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।