खेलकुद मन्त्री मियाँले भने, साथ दिनुहोस् राम्रो बनाइदिन्छु
मन्त्री मियाँले नेपाली खेलकुद विकासका लागि सामूहिक प्रयास आवश्यक भएको बताए। आफू नेपाली खेलकुदको विकासमा सबै प्रकारले सहयोग गर्न तयार रहेको उनको भनाइ छ। उनले खेलकुद सम्बन्धी सबै काममा खेल क्षेत्रका व्यक्तिहरूसँग सल्लाह र सुझाव लिइने आश्वासन दिए।
नेपाल ओलम्पिक कमिटी र स्पोर्टस फर अल कमिसनले ओलम्पिक डे २०२१ को अवसरमा कार्यक्रम आयोजना गरेका हुन्। ओलम्पिक डे का अवसरमा मन्त्री मियाँ र अध्यक्ष श्रेष्ठबिच मैत्रीपूर्ण टेबल टेनिस पनि भएको थियो। नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ।
असार ५, २०७८ शनिबार १३:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।