भक्तपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु 

भक्तपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु 

राजु मछेका छोरा १० वर्षका रोजन मछे पोखरीमा तैरिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। 

रोजनको शव आज बिहान करिब साढे १ बजे घर नजिकै रहेको सेतो बि.एम इट्टा भट्टाको कम्पाउन्डको खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ। हिजो दिउँसो देखि हराएको रोजनको पानी जमेको पोखरीमा बाँस भित्र छिराई पोखरीको पानी हल्लाउँदा रोजन मछेको लास पानीमा तैरिएको अवस्थामा फेला परेको भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए। 

प्रहरीले घटना स्थल तथा लास जाँच मुचुल्का गरेर लासलाई पोष्ट्मार्टमको लागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको जनाएको छ। 

 

असार ५, २०७८ शनिबार १३:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।