काँग्रेसमा महाधिवेशनको तयारी : केन्द्रीय सदस्यहरूले धारणा राख्दै
पार्टी कार्यालय ललितपुर सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशन र समसामयिक विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘आजको बैठकमा हिजोकै प्रस्तावमा छलफल हुन्छ,’ पौडेलले भने,‘केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुहुनेछ।’
बिहीबार बसेको कार्यसमिति बैठकले चौधौँ महाधिवेशनको कार्यतालिका संशोधन सहित पारित गरेको थियो। बैठकले साउन १२ बाट तल्लो तहको अधिवेशन सुरु गर्ने र केन्द्रीय महाअधिवेशन भदौ १६ देखि १९ मा नै सम्पन्न गर्ने निर्णय गरेको थियो।
असार ४, २०७८ शुक्रबार १२:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।