मनाङमा सम्पर्कविहीन भएका ८० जनाको खोजी सुरु 

मनाङमा सम्पर्कविहीन भएका ८० जनाको खोजी सुरु 
फाइल तस्बिर

मनाङको नार्फाभुमि गाउँपालिका वडा नम्बर ५ फु गाउँका ८० जना यार्सागुम्बा टिप्न तिब्बतको सिमाना रहेको लेकमा पुगेपछि सम्पर्कविहीन भएको जानकारी आएपछि खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। 

उनीहरू जेठ १५ गते यार्सागुम्बा सङ्कलन गर्न हिँडेका स्थानीयको भनाई उद्धृत गर्दै प्रहरीले बताएको छ। प्रहरीका अनुसार आज बिहानै देखि स्थानीयले खोजी सुरु गरेका छन्। अहिलेसम्म एक जना पनि सम्पर्कमा नआएका प्रहरीले जनाएको छ। 

असार ४, २०७८ शुक्रबार ०९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।