मुख्यमन्त्रीमा नियुक्ति भएको एक हप्तामै विश्वासको मत लिँदै

मुख्यमन्त्रीमा नियुक्ति भएको एक हप्तामै विश्वासको मत लिँदै

मुख्यमन्त्री पोखरेलले बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ। संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। 

जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त पोखरेलले विश्वासको मत लिनु दुई दिन अघि बुधबार प्रदेशसभामा जानकारी गराइसकेका सचिवालयकी प्रवक्ता सपना अधिकारीले जानकारी दिइन। 

नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पोखरेल काँग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। 

उनले विश्वासको मत पाउन नसके प्रदेशसभा भङ्ग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएकाले गण्डकी प्रदेशसभामा हाल ५९ सांसद छन्।

असार ४, २०७८ शुक्रबार ०७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।