कांग्रेस कार्यसमिति बैठक : साउन १२ बाट वडा तहको अधिवेशन
काठमाडौं : नेपाली कांग्रेसको वडा तहको अधिवेशन साउन १२ बाट हुने भएको छ।
आज बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले साउन १२ गतेबाट वडा तहको अधिवेशन सुरु गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री प्रकाशसरण महतले जानकारी दिए।
यसअघि कांग्रेस पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहको अधिवेशन गर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावमा संशोधन गर्दै कांग्रेसले यस्तो निर्णय गरेको हो।
महाधिवेशनका क्रियाशील सदस्यताको टुंगो लगााउन असार २० गतेभित्रको समय दिइएको छ।
कांग्रेसले भदौ १६-१९ मा पार्टी महाधिवेशनको मिति तय गरेको छ।
असार ३, २०७८ बिहीबार २३:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।