भदौ १६-१९ मा पार्टीको महाधिवेशन गर्ने पदाधिकारीको निर्णय कांग्रेस केन्द्रीय समितिद्वारा अनुमोदन
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ १६-१९ मा पार्टीको महाधिवेशन गर्ने पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकको निर्णय अनुमोदन गरेको छ।
आज बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय अनुमोदन गरेको कांग्रेस सहमहामन्त्री प्रकाशसरण महतले जानकारी दिए।
गत जेठ २९ गते पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले त्यसअघि तय भएकाे महाधिवेशन कार्यतालिका संशाेधन गर्ने निर्णय गरेकाे थियो।
त्यसअघि भदाै ६-९ मा पार्टीकाे महाधिवेशन गर्ने तय भएकाे थियाे।
पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठककाे निर्णय अनुमोदनका लागि आज केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिएको थियो।
असार ३, २०७८ बिहीबार २३:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।