थप २६०७ जनामा कोरोना संक्रमण, ३९ को मृत्यु

थप २६०७ जनामा कोरोना संक्रमण, ३९ को मृत्यु

काठमाडौं : देशभर थप २ हजार ६ सय ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ७ सय ६८ र एन्टिजेन विधिबाट ८ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ७ हजार ७ सय ११ र एन्टिजेन विधिबाट ४ हजार ७ सय ७३ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

देशभर हालसम्म आरटी पिसिआर विधिबाट कोरोना संक्रमण हुनेको संख्या ६ लाख १५ हजार ९ सय ८४ पुगेको छ। एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएकाको संख्या २४ हजार ५६ छ। 

पछिल्लो २४ घण्टामा २ हजार १ सय ४१ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६ सय ६२ पुगेको छ। देशभर कोरोना संक्रमण निको हुने दर ८८.६ प्रतिशत छ। 

यस्तै, देशभर कोरोना संक्रमणका कारण थप ३९ जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय ९७ पुगेको मन्त्रालयले जनाएको छ।

असार ३, २०७८ बिहीबार १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।