बाढी–पहिरो पीडितलाई उद्दार र राहत दिन नेपाल समूहको आह्वान

बाढी–पहिरो पीडितलाई उद्दार र राहत दिन नेपाल समूहको आह्वान

काठमाडौं : नेकपा एमाले माधवकुमार नेपाल समूहले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्दार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

नेपाल समूहले आज (बिहीबार) प्रेस वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुबानबाट पीडित जनतालार्य तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरूको उपचार र मृतकका परिवारलाई आर्थिक सहयोग लगायतका उद्दार र राहतका कार्यक्रम उपलब्ध गराउन माग गरेको हो। 

‘वर्षा याममा प्रत्येक वर्षजसो नेपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी गरिएको नदेखिनु दुःखको विषय हो। यस्तो स्थितिमा तुरुन्त परिवर्तन हुनुपर्छ,’ नेपाल समूहका १४ जना स्थायी समिति सदस्यद्वारा हस्ताक्षरित  विज्ञप्तिमा भनिएको छ। 
 

असार ३, २०७८ बिहीबार १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।