राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने काठमाडौं महानगरपालिकाको घोषणा

राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने काठमाडौं महानगरपालिकाको घोषणा

नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन्।

मेलम्ची नदीमा आएको बाढीले गरेको धन–जनको क्षतिपछि राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिए। 

मेलम्ची नगरपालिका काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित नगर हो।

उक्त नगरलाई यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नम्बर १०, मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो।

असार ३, २०७८ बिहीबार १४:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।