कोरोना नियन्त्रणका लागि काँग्रेसलाई आर्थिक सहयोग आउने क्रम जारी
महामारी नियन्त्रण, उपचार र रोकथामका लागि निरन्तर क्रियाशीलताको अपेक्षा राखेको काँग्रेस कोभिड–१९ केन्द्रीय अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले बताए।
काँग्रेसले कोभिड–१९ सङ्क्रमणको उपचारका लागि स्वास्थ्य सामाग्री खरिद गरी बिरामीको उपचारका लागि उपयोग गर्न आर्थिक सहयोग आउने क्रम जारी रहेको जनाएको छ।
आर्थिक सहयोगबाट १० केजी क्षमता भएको एउटा मेशिनले दुई जना बिरामीलाई एकै पटक प्रयोग गर्न मिल्ने ५० थान अक्सिजन कन्सेनट्रेटर जिल्ला तथा स्थानीय सार्वजनिक अस्पतालमा वितरण गर्ने क्रम जारी रहेको सह महामन्त्री महतले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।
असार ३, २०७८ बिहीबार १२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।