भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बा १७ प ५६०५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा सोलुखुम्बु घर भएका २७ वर्षका रमेश कुमार बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा उदयपुरका लोकेन्द्र मगराती र सिन्धुलीका अमित जैरु घाइते भएका छन्। घाइते दुवै जनाको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
असार ३, २०७८ बिहीबार ०८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।