देशका केही स्थानमा वर्षा, पहाडी भूभागमा पहिरोको जोखिम 

देशका केही स्थानमा वर्षा, पहाडी भूभागमा पहिरोको जोखिम 

विभागका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले अनुमान गरेको छ। 

प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशको केही भूभागमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। उक्त प्रदेशहरूको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ। 

नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा विभागले अनुरोध गरेको हो। 

असार ३, २०७८ बिहीबार ०८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।