२०७८ चैत र २०७८ वैशाखको कर विवरण र कर बुझाउने म्याद असार २५ गतेसम्म थप

२०७८ चैत र २०७८ वैशाखको कर विवरण र कर बुझाउने म्याद असार २५ गतेसम्म थप

काठमाडौं : अर्थ मन्त्रालयले २०७८ चैत र २०७८ वैशाखको कर विवरण र कर बुझाउने म्याद असार २५ गतेसम्म थप गर्ने निर्णय गरेको छ। 

कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथाम र नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण करदातालाई कर विवरण र कर बुझाउन समस्या भएको भन्दै मन्त्रालयले म्याद थप गरेको हो। 

मन्त्रालयले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम कर विवरण र कर बुझाउन आज (बुधबार) म्याद थप गर्ने निर्णय गरेको आन्तरिक राजस्व विभागद्वारा जारी कर विवरण तथा कर दाखिला गर्ने म्याद थप सम्बन्धी सूचनामा उल्लेख छ।  

सूचना अनुसार मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम २०७७ चैत र २०७८ वैशाखको मासिक र द्विमासिक अवधिको कर विवरण र उक्त विवरण बमोजिमको कर, आयकर ऐन २०५८ बमोजिम २०७७ चैत र २०७८ वैशाखको बुझाउनु पर्ने अग्रिम करकट्टी भएको रकम र सोको विवरण यही असार २५ गतेसम्म बुझाउन सकिने छ।

यस्तै, अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७७ चैत र २०७८ वैशाखको बुझाउनुपर्ने अन्तःशुल्क विवरण र सो विवरण बमोजिमको अन्तःशुल्क र २०७७ चैत र २०७८ वैशाखको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुरका लागि पनि म्याद थप गरिएकाे सूचनामा उल्लेख छ।  

असार २, २०७८ बुधबार १९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।