थप २८२८ जनामा कोरोना संक्रमण, ५२ को मृत्यु
काठमाडौं : देशभर थप २ हजार ८ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट २ हजार १४ र एन्टिजेन विधिबाट ८ सय १४ जनामा कोरोना पोजेटिभ देखिएको हो।
उक्त अवधिमा आरटी पिसिआर विधिबाट ८ हजार ६ सय ८७ र एन्टिजेन विधिबाट ४ हजार ३ सय ३५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
देशभर हालसम्म आरटी पिसिआर विधिबाट कोरोना संक्रमण हुनेको संख्या ६ लाख १४ हजार २ सय १६ पुगेको छ। एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएकाको संख्या २३ हजार २ सय १७ छ।
पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५ सय २१ पुगेको छ। देशभर कोरोना संक्रमण निको हुने दर ८८.५ प्रतिशत छ।
यस्तै, देशभर कोरोना संक्रमणका कारण थप ५२ जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ।
असार २, २०७८ बुधबार १७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।