भारतमा २४ घण्टामा कोरोना संक्रमितको संख्या ७५ दिनयताकै कम
काठमाडौं : भारतमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ७५ दिनयताकै कम देखिएको छ।
त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यो संख्या मार्च ३१ यताको सबैभन्दा कम हो।
भारतमा मंगलबार ६० हजार ४ सय ७१ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै त्यहाँ कोरोना संक्रमित हुनेको कूल संख्या २ करोड ९५ लाखभन्दा बढी छ।
यस्तै, भारतमा कोरोना संक्रमणका कारण २ हजार ७ सय २६ जनाको मंगलबार मृत्यु भएको छ। योसँगै त्यहाँ कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ७७ हजारभन्दा बढी पुगेको छ।
एजेन्सी
असार २, २०७८ बुधबार १५:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।