मनाङको बस्तीमा बाढी पस्यो
मनाङ: निरन्तर वर्षाका कारण मनाङ सदरमुकाममा ३ घर र १ सरकारी कार्यालय बगाएको छ। चामेमा घट्टखोला र स्यार्कु खोलामा आएको बाढीले मर्स्याङ्दी नदी समेत केही बेर थुनिएपछि बाडी बस्तीमा पसेको हो।
बजारको आधा दर्जन बढी घरमा बाढी पसेको छ। नासो गाउँपालिका २, धारा पानीमा १ घर बगेको छ। चामेमा जिल्ला हुलाक कार्यालय, ३ निजी घर बगाएको छ। चामे बजारको मुख्य पुल बाढीले बगाउँदा जिल्लासँगको सम्पर्क कठिन भएको छ।
मर्स्याङ्दी नदीमा पानीको बहाव बढेसँगै नासो गाउँपालिका–१, ताल गाउँका अधिकांश घर डुवानमा परेका छन्। ताल गाउँमा अधिकांश घर डुबेको छ। बाढीले चामेको मर्स्याङ्दी नदी किनारमा रहेको तातोपानी कुण्ड बगाएको छ।
सदरमुकाम आउने तीमाङ खोलाको मोटरे बल पुल बगाएको छ। चामेको लघु जलविद्युत्को टनेल पाइप बगाएको छ। स्र्याकु खोलामा रहेको १५ किलोवाट लघु जलविद्युतको टनेल पाइप बगाएसँगै चामेमा पनि विद्युत् अवरुद्ध छ।
असार २, २०७८ बुधबार १३:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।