एमाले वरिष्ठ नेता खनाल थप उपचारका लागि भारत प्रस्थान
काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारत गएका छन्।
केही दिनदेखि अस्वस्थ रहेका खनाल थप उपचारका लागि भारत गएका हुन्। भारत जानुअघि एमाले महासचिव ईश्वर पोखरेलले नर्भिक अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्।
वरिष्ठ नेता खनाल थप उपचारका लागि श्रीमती र छोरासँगै भारतको एपोलो अस्पताल गएका हुन्। उनी जेठ ३१ गते नर्भिक अस्पतालमा भर्ना भएका थिए।
स्वास्थ्य अवस्था जानकारी लिन गएका महासचिव पोखरेललाई नेता खनालले पार्टी मिलाउन आग्रह गरेका पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए। महासचिव पोखरेलले छिटो निको भएर आउनुहोस् अनि कुरा गर्ने भनेको पाण्डेले बताए।
असार २, २०७८ बुधबार १३:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।