मेलम्ची बजारबाट ५ जनाको उद्धार
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची बजारमा डुबानमा परेका ५ जनालाई नेपाली सेनाले उद्धार गरेको छ।
मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा फसेका ५ जनालाई सेनाको हेलिकप्टरले उद्धार गरेको हो।
मेलम्चीको अम्बाथानमा ३ जना भारतीय, ३ जना चिनियाँ र २ जना नेपाली नागरिक बढीमा परेर बेपत्ता भएका प्रहरीले जनाएको छ। मेलम्ची नदीमा लेदो बगिरहेको छ।
उद्धारका लागि मेलम्चीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको उद्धार टोली खटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
असार २, २०७८ बुधबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।