निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा जिमखानाका सञ्चालकलाई १ लाख रुपैयाँ जरिवाना 

निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा जिमखानाका सञ्चालकलाई १ लाख रुपैयाँ जरिवाना 
तस्बिर साङ्केतिक

काठमाडौँ : निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा काठमाडौँ टेकुमा रहेको ईलाईट फिटनेस सेन्टर (जिमाखाना) का सञ्चालकलाई प्रहरीले कारबाही गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा जिमखानाका सञ्चालक गौतम बहादुर श्रेष्ठले १ लाख रुपैयाँ जरिवाना तिरेका छन्। 

यस्तै जिमखानामा कार्यरत सुनसरी घर भएका दीपक थापालाई ५ हजार रुपैयाँ जरिवाना तिर्न प्रशासन कार्यालय काठमाडौँले आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

प्रहरीले निषेधाज्ञा आदेश उल्लङ्घन गर्ने कुलेश्वरको सन्देश ट्रेडीङ (फलफूल पसल)का  मेनेजर र दुई जना कामदारलाई कारबाही गरेको छ।

जिल्ला प्रशासनको आदेशमा भारत मोतिहारी घोडासहन घर भई काठमाडौँ कुलेश्वर बस्ने सञ्जय प्रसाद गुप्ता निषेधाज्ञा उल्लङ्घनको आरोपमा कारबाहीमा परेका हुन्। उनले ५० हजार र कामदार दीपक पाडे, राजकुमार सुनारले ३/३ हजार रुपैयाँ जरिवाना बुझाएका छन्। 

असार २, २०७८ बुधबार १२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।