मेलम्चीमा विपत्तिमा परेका नागरिकको तत्काल उद्धार गर्न सभामुखको आग्रह
काठमाडौं : सभामुख अग्नि सापकोटाले मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले विपत्तिमा परेका नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न अपिल गरेका छन्।
सभामुख सापकोटाले ट्विट गर्दै भनेका छन्, ‘सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा हिजो साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध छु। विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु।’
सभामुख सापकोटा स्थल मार्ग हुँदै बाढी प्रभावित क्षेत्र मेलम्ची जादैछन्। उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले सापकोटा आजै बाढीका कारण ठुलो मानवीय र भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र पुग्ने जानकारी दिए।
असार २, २०७८ बुधबार ०९:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।