मेलम्ची नदीमा आएको बाढीले पक्की पुल बगायो, क्षतिको विवरण आउन बाँकी
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले वितण्डा मच्चाएको छ। बाढीले बगाएर केही व्यक्ति बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
बाढीले मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिका जोड्ने पक्की पुल बगाएको छ। गएराती आएको बाढीले पक्की पुल बगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।
बाढीले मेलम्ची बसपार्कमा रहेका टहरा र कभर्ड हल बगाएको उनले बताए। अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको खनालले बताए। उनका अनुसार अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको उद्धार टोली बाढी प्रभावित क्षेत्रमा गएको छ।
असार २, २०७८ बुधबार ०८:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।