थप २७४५ जनामा कोरोना संक्रमण, ४१८७ संक्रमणमुक्त 

थप २७४५ जनामा कोरोना संक्रमण, ४१८७ संक्रमणमुक्त 

काठमाडौं : देशभर थप २ हजार ७ सय ४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ६ सय ८१ र एन्टिजेन विधिबाट १ सय ६४ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ७ हजार ४ सय ४९ र एन्टिजेन विधिबाट ५ हजार ८ सय ४१ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

देशभर हालसम्म आरटी पिसिआर विधिबाट कोरोना संक्रमण हुनेको संख्या ६ लाख १२ हजार २ सय २ पुगेको छ। एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएकाको संख्या २२ हजार ४ सय ३ छ। 

पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८७ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४० हजार ४ सय ३९ पुगेको छ। देशभर कोरोना संक्रमण निको हुने दर ८८.३ प्रतिशत छ। 

यस्तै, देशभर कोरोना संक्रमणका कारण थप ५३ जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको मन्त्रालयले जनाएको छ। 

असार १, २०७८ मंगलबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।