सुदूरपश्चिम प्रदेशसभामा बजेट भाषण सुरु

सुदूरपश्चिम प्रदेशसभामा बजेट भाषण सुरु

धनगढी : सुदूरपश्चिम प्रदेशमा आगामी आर्थिक वर्षको बजेट भाषण सुरु भएको छ।

प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गतको १२ औं बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले बजेट प्रस्तुत गरिरहेका छन्। 

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को लागि ३० अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। 

सुदूरपश्चिमसँगै देशभरका सबै प्रदेश सरकारले आजै प्रदेशको बजेट प्रस्तुत गर्दै छन्। 

असार १, २०७८ मंगलबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।