अवरुद्ध भीमदत्त राजमार्गमा पहिरो हटाइँदै
धनगढी : लगातार परेको पानीले पहिरो गएपछि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।
डोटीको जोरायल गाउँपालिका–१ गैरा नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।
अहिले डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको मल्लले जानकारी दिए। राजमार्ग अवरुद्ध हुँदा अत्यावश्यक सामग्री लिएर गइरहेका दर्जनौँ सवारी साधन बिच बाटोमै रोकिएको मल्लले बताए।
असार १, २०७८ मंगलबार १४:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।