देशभर मनसुन सक्रिय, अधिकांश स्थानमा वर्षा
काठमाडौं : देशभर मनसुन सक्रिय भएको छ। शुक्रबार नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन देशभर सक्रिय बनेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार मनसुन सक्रिय बनेसँगै देशका अधिकांश स्थानमा वर्षा भएको छ। हाल देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानमा पानी परिरहेको विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले निकालेको बुलेटिनमा उल्लेख छ।
प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
जेठ ३१, २०७८ सोमबार ०७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।