निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाको तीन जिल्लाका सिडिओको बैठक बस्दै
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमण न्यूनीकरण गर्न जारी निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बैठक आज बस्दै छ।
निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओको बैठक आज अपराह्न ४ बजे बस्न लागेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।
बैठकमा काठमाडौंका सिडिओ कालीप्रसाद पराजुली, ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला र भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराई सहभागी हुँदै छन्। उक्त बैठकले निषेधाज्ञा अवधि थप्नेबारे निर्णय गर्ने बताइएकाे छ।
जारी निषेधाज्ञाको अवधि भोलि सकिँदै छ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि त्यसको न्यूनीकरणका लागि उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। त्यसयता विभिन्न मितिमा निषेधाज्ञा अवधि थपिएको थियो।
जेठ ३०, २०७८ आइतबार १३:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।